Thursday, January 15, 2026

दोलखामा १५ प्रतिशत बढि जनसंख्या गरिबीको रेखाभन्दा तल


अगेनो न्यूज ः पुस २८- दोलखा जिल्लामा करिब १६ प्रतिशत जनसंख्या गरिबीको रेखा भन्दा तल रहेको पाईएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको गरिबीको लघुक्षेत्र अनुमान २०२३ प्रतिवेदनअनुसार दोलखामा गरिबीको दर १५दशमवल ५३ प्रतिशत जनसङ्ख्या गरिबीको रेखाभन्दा तल रहेको छ । जिल्लामा रहेको ४९ हजार ४ सय ९३ घरपरिवारमा १  लाख ७१  हजार २  सय ८७ जनसंख्या रहेकोमा कुल जनङख्याको १५ दशमवल ५३ प्रतिशत अर्थात २६ हजार ५ सय ९१ गरिब जनसंखाय रहेको तथ्यांकले देखाएको छ । गरिबीको विषमता २.८ र गहनता ०.६७ प्रतिशत रहेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले २०५२ सालदेखि नेपाली जनताको जीवनस्तर तथा मौद्रिक गरिबी मापनका लागि विश्व बैंकद्वारा विकास गरिएको जीवनस्तर मापन अध्ययन विधिको अनुसरण गर्दै नेपाल जीवनस्तर सर्वेक्षण सञ्चालन गर्दै आएको छ । नयाँ गरिबीको रेखाअनुसार प्रतिवर्ष प्रतिव्यक्ति कुल खर्च ७२ हजार ९ सय ८ भन्दा कम खर्च गर्ने व्यक्तिलाई गरिबको वर्गमा राखिएको छ । 


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like