Friday, October 16, 2026

हाम्रो जनकल्याण साकोस दोलखाको २९ औ वार्षिक साधारण सम्पन


अगेनो न्यूज -असोज १७-दोलखाको सदरमुकाम चरिकोटमा रहेको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था दोलखाको २९ औ वार्षिक साधारण सम्पन भएको छ ।  साधारण सभाको बागमति प्रदेश बचत तथा ऋण सहकारी लिमिटेडका वरिष्ठ उपाध्यक्ष जिवराज खड्का र संस्थाका सल्लाहाकार एवम राजनीतिज्ञ शिवप्रसाद भण्डारीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । सहकारी संस्थाका अध्यक्ष राजन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सचिव अनिल रिजालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष शर्मीला थापाले ९७ करोड ७५लाख ४१ हजार ७ सय ८६ रुपैयाँ १९ पैसा बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी सभामा लेखा सुपरिवेक्षण समितिका संयोजक कुष्ण बहादुर थापाले लेखासुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने ऋण लगानी उपसमितिका संयोजक सहदेव खड्काले ऋण लगानी उपसमितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभाको अवसरमा उत्कृष्ट मासिक बचतकर्ताहरु कमला राय,दिपक श्रेष्ठ,उत्कृष्ट दैनिक बचतकर्ता प्रविण थापा,निरा थामी,समिरन श्रेष्ठ,लेख बहादुर तमाङ,उत्कृष्ट ऋण कारोबार गर्नुहुने विनोद खुलाल,कमलप्रसाद सापकोटा,नवराज खतिवडा,यशोदा चौहान,उत्कृष्ट मोबाइल बैकिङ प्रयोगकर्ता ज्ञान बहादुर बस्नेत,वर्ष उत्कृष्ट शेयर सदस्य शुसीला तमाङ,उद्यमी सदस्य रेणु केसी,उत्कृष्ट शेयर खरिदकर्ता समिक्षा ओली र पुर्व सञ्चालक रामकेशरी चर्माकारलाई नगद सहित प्रमाण पत्र प्रदान गरिएको छ । साधारण सभाको अवसरमा धुलीखेल अस्पताल सहयोगमा गरिएको निःशुल्क स्वास्थ्य शिविर शिविरमा १ सय ५० जना भन्दा बढि शेयर सदस्यहरुले सेवा लिनुभएको थियो । सभाको अवसरमा शेयर सदस्यको धारण समेत संकलन गरिएको थियो । त्यसैगरी साधारणमा भजन सहित न्युत्य समेत प्रस्तुत गरिएको थियो छ । जिल्ला भरि कार्यक्षेत्र रहेको सहकारीमा हाल महिला ५ हजार ३ सय ६ जना,पुरुष ४ हजार ६ सय ९९ जना र संस्थागत ३७ वटा गरि १० हजार ४२ शेयर सदस्य रहनु भएको छ भने सहकारीमा ३ हजार ८ सय ३३ जना बाल बचतकर्ता रहनु भएको सहकारी संस्थाले जनाएको छ । 

Super Admin

agenonews

Please Login to comment in the post!

you may also like