Thursday, January 15, 2026

ग्रामिण विकास टुकीसंघ दोलखाको २३ औ वार्षिक साधारण सम्पन्न


अगेनो न्यूज ः पुस २८- ग्रामिण विकास टुकीसंघ दोलखाको २३ औ वार्षिक साधारण सभा आज दोलखा सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । साधारणको उद्घाटन बागमति प्रदेशका वन तथा वातावरण मन्त्री भरत बहादुर केसीले गर्नुभएको थियो । ग्रामिण विकास टुकीसंघ दोलखाका अध्यक्ष जयप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका महासचिव शोभा पोखरेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष रामेश्वर अधिकारीले १ करोड ९८ लाख ६४ हजार ६ सय ७७ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साधारण सभामा  बागमति प्रदेशका वन तथा वातावरण मन्त्री भरत बहादुर केसीले, नेपाली कम्युनिष्ट पार्टी दोलखाका भीम श्रेष्ठ,राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका सचि रमेश श्रेष्ठ,नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाका सभापति भीम केसी,कृषि विकास कार्यालय रामेछापका कृषि प्रसार अधिकृत गीता पुन,गैरसरकारी संस्था महासंंघ दोलखाका अध्यक्ष नेत्र मोक्तान, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेल, ग्रामिण विकास टुकीसंघका संस्थापक सल्लाहाकार दामोदर तिमल्सीना,आवाज नेपाल दोलखाका अध्यक्ष सिर्जना कार्की,टुकीसंघ सुनकोशीका अध्यक्ष माधव पोडेल,ग्रामिण विकास टुकीसंघ दोलखाका पुर्व अध्यक्षहरु हर्कमान पाख्रिन, मकरध्वज पाख्रिन,ग्रामिण विकास टुकीसंघ दोलखाका उपाध्यक्ष लाल बहादुर घिसिङ लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो। २०४८ सालमा स्थापन भएको ग्रामिण विकास टुकीसंघ दोलखामा हाल ५ सय३२ जना टुकीहरु आवद्ध रहनु भएको छ । 


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like