- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज-असोज २४- दोलखाको सदरमुकाम चरिकोटमा रहेको परोपकार महिला बचत तथा ऋण सहकारी संस्थाको १५ औ वार्षिक साधारण सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष अप्सरा चौलागाईंको अध्यक्षतामा भएको सभामा संस्थाका अध्यक्ष चौलागाईले वार्षिक तथा आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने लेखा सुपरिवेक्षण समितिका संयोजक राधिका खुलाले लेखासुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभाको अवरसमा जेष्ठ शेर सदस्य तुलसामाया चौलागाईं,उत्कृष्ट शेयर कारोबार गर्नुहुने कल्याणी शिवकोटी ,उत्कृष्ट मासिक बचतकर्ता सरस्वती कुवार, उत्कृष्ट दैनिक बचतकर्ता रेणुका श्रेष्ठ,उत्कृष्ट ऋणि शेयर सदस्यहरु निलमाया फुयाल, अरुणदेवी श्रेष्ठ,उत्कृष्ट बचतकर्ता हेमकुमारी बस्नेत र सहकारीका संस्थापक अध्यक्ष शर्मीला सपकोटालाई सम्मान गरिएको थियो । साधारण सभाको उद्घाटन कार्यक्रममा बागमति प्रदेश बचत तथा ऋण सहकारी संघका बरिष्ठ उपाध्यक्ष जिवसराज खड्का,जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवीप्रसाद शर्मा सहकारी संस्थाका संस्थापक अध्यक्ष एंव सल्लाहाकार शर्मिला सापकोटा र ऋण लगानी तथा असुली उपसमितिका सदस्य शान्ती नेपाल लगायतले परोपकार महिला बचत तथा ऋण सहकारी संस्था महिलाहरूले मात्र जिल्लामा सञ्चालन गरेको सहकारी संस्था मध्ये जिल्लाकै उत्कृष्ट सहकारी भएको बताउनुभयो । सकारीमा हाल २ हजार १८ जना महिला र ४ सय ६४ जना बाल बचतकर्ता रहनु भएको छ भने सहकारीमा गत असार सम्म सम्म १७ करोड १ लाख ८५ हजार १ सय ९६ रुपैयाँ कुलपुँजी रहेको सहकारी संस्थाले जनाएको छ ।