Thursday, January 15, 2026

काभ्रेपलाञ्चोकमा लडेर दोलखाको काटाकुटीका प्रहरी हवल्दार खड्काको मृत्यु


अगेनो न्यूज ः पुस २९ - काभ्रेपलाञ्चोकको खानिखोला गाउँपालिका वडा नम्वर २ खानिडाँडामा ड्युटीमा खटिनुभएको दोलखाका एक प्रहरी कर्मचारीको लडेर मृत्यु भएको छ । फलामेटार प्रहरी चौकी काभ्रेमा कार्यरत दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर ५ का ३५ वर्षीय प्रहरी हवल्दार रामकृष्ण खड्काको लडेर मृत्यु भएका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । हवल्दार खड्का सुचना सङ्कलन तथा निर्वाचन प्रहरी भर्ना सम्बन्धी सुचना प्रवाहको लागि खटिनु भएको थियो । सोहि समयमा सोमबार दिउसो ३ः३० बजेको समयमा गोरेटो बाटोमा लडेर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । खड्का गोरेटो बाटोबाट अन्दाजी २५ मिटर तल रोडमा लडनुभएको हो ।घटनास्थल मुचुल्का तथा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय देविटार र जिल्ला प्रहरी कार्यालय काभ्रेको टोली खटिएको छ। 


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like