Friday, October 16, 2026

आगामी निर्वाचनमा पालिका अध्यक्ष र वडा अध्यक्षमा महिलालाई उठाउने दोलखाका राजनितिक दलहरुको साझा प्रतिवद्धता


अगेनो न्यूज भदौ २४ - राजनितिक दलको विधान दलित र महिलामैत्री बनाउन आवश्यक संशोधन गर्ने दोलखाका राजनितिक दलहरुले साझा प्रतिवद्धता व्यक्त गरेका छन्। दोलखाको सदरमुकाम चरिकोटमा भएको जिल्ला स्तरीय राजनितिक दलको समितिसँग संवाद कार्यक्रममा जिल्लाका क्रियाशील राजनितिक दलहरुका प्रमुख तथा प्रतिनिधीहरुले सामाजिक आर्थिक र राजनीतिक लगायत हरेक क्षेत्रमा समुन्नत र समावेशी लागि  जिल्लालाई नमुना जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको हो । राजनितिक क्षेत्रमा राजनैतिक दलको नेतृत्व र पदाधिकारी लगायत निर्वाचित संस्था र पदहरूमा महिलाको उपस्थिती न्यूनतम ३३ प्रतिशत र त्यो भन्दा बढी पु¥याउने, जिल्लाका ९ वटा पालिका मध्ये केहि पालिकामा आगामी निर्वाचनमा पालिका प्रमुख र करिब २५ वडामा वडा अध्यक्ष महिला निर्वाचित गराउने साझा प्रतिवद्धता  गरिएको संस्थाका फिल्ड अधिकृत रविन्द्र घतानीले जानकारी दिनुभयो । कार्यक्रममा निर्वाचित संस्था र पदमा पालनको पनि समानुपातिक समावेशी अनुरूप प्रतिनिधित्व गराउन महिला र दलित राजनितिक कर्र्मीका लागि आर्थिक रूपमा सक्षम र आत्मनिर्भर बनाउने, राजनितिक क्षेत्रमा नेतृत्व विकासका लागि प्रशिक्षणको व्यवस्थाको साथै दलको संगठन भित्र महत्वपूर्ण जिम्मेवारी दिने,दलको विधान दलित र महिलामैत्री बनाउन आवश्यक संशोधन गर्ने र वडादेखि केन्द्र सम्म महिला र दलितको सञ्जाल बनाउने समेत राजनितिक दलहरुले साझाँ प्रतिवद्धता व्यक्त गर्नुभएको हो । स्थानीय सरकार  सवलीकरण परियोजना,दलित महिला केन्द्र नेपाल र द एसिया फाउन्डेसनको आयोजना र भीमेश्वर नगरपालिकाको समनवयमा भएको कार्यक्रममा डाक्टर कृष्ण हाचेथुले नेपालमा महिला र दलितहरुको राजनितिक  अवस्थाको बारेमा जानाकरी गराउनु भएको छ। साथै उहॉले संघिय,प्रदेश र स्थानीय तहमा महिलाको नेतृत्वको अवस्थाको बारेमा जानाकरी गराउनु भएको छ । भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लामा रहेका राजनितिक दलका प्रमुख तथा प्रतिनीधीको सहभागीता  रहेको थियो ।


 ्


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like