Friday, October 16, 2026

१५२ औँ हुलाक दिवसको अवसरमा दोलखाका पत्रकार पोखरेल सम्मानित


अगेनो न्यूज-असोज २३- जिल्ला हुलाक कार्यालय दोलखाले १ सय ५२औँ हुलाक दिवस साताव्यापी कार्यक्रम गरी मनाएको छ। जिल्ला हुलाक कार्यालय दोलखाको आयोजना भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घ दोलखा शाखाका पूर्वअध्यक्ष उद्धवप्रसाद पोखरेललाई सम्मान गरिएको छ । लामोसमय देखी पत्रकारीता गदै आउनु भएको पोखरेललाई हुलाक दिवस सम्मान प्रदान गरिएको हो ।कार्यालय प्रमुख गणेश न्यौपानेको अध्यक्षतामा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रेखा कँडेल, सम्मानित हुनुभएको पत्रकार पोखरेल, लगायतले हुलाक कार्यालयले राहदानी वितरणमा सहजीकरण गर्नुका साथै चिठीपत्रआदानप्रदानलगायत सेवा निरन्तर दिँदै आएको बताउनुभएको थियो । हुलाक सेवाले विगतमा पु¥याएको योगदानको स्मरणमा दिवस मनाइएको जानकारी दिनुभयो। दिवसका अवसरमा निवृत्त कर्मचारी तथा ब्याडमिन्टन प्रतियोगितामा सफल कर्मचारी खेलाडीलाई समेत सम्मान गरिएको कार्यक्रममा कार्यालयका नायब सुब्बा लेखनाथ चौलागाईंले बताउनुभयो । कार्यालयले हुलक दिवसको अवसरमा सञ्चारकर्मीसँग अन्तरक्रिया,कार्यालय परिसर सरसफाइ, ब्याडमिन्टन प्रतियोगिता तथा सञ्चारकर्मी सम्मान लगायत कार्यक्रम गरेको थियो ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like