- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ः पुस ११- लप्सी टिप्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते हुनुभएकोे दोलखाको बैतेश्वर गाउँपालिकाका एक युवाको मृत्यु भएको छ । जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्वर ७ उखुवारीमा हिजो लप्सी टिप्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएको बैतेश्वर गाउँपालिका वडा नम्वर १ उपल्लोमुदीका ३१ वर्षीय प्रकाश तामाङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार तामाङको काठमाडौंको केएमसी अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु हो । लप्सीको ठेक्का लिएर काम गर्दै आउनु भएको तामाङ भीमेश्वर वडा नम्वर ७ उखुबारीमा लप्सी झार्नका लागि रुखमा चढनु भएको थियो। सोही क्रममा लडेर गम्भीर घाईते भएको थियोे ।