Thursday, January 15, 2026

दोलखाको सुन्द्रावतिमा रहेको दिपजोती साकोसको १६ औ वार्षिक साधारण सम्पन्न


अगेनो न्यूज ः पुस १०- दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्वर ९ सुन्द्रावतिमा रहेको दिपजोती बचत तथा ऋण सहकारी संस्थाको १६ औ वार्षिक साधारण सम्पन्न भएको छ । संस्थाका उपाध्यक्ष सन्तोष अधिकारीको अध्यक्षतामा भएको सभामा संस्थाका  व्यवस्थापक कुमारप्रसाद सेढाईले वार्षिक प्रतिवेदन प्रस्तुत भएको थियो भने  कोषाध्यक्ष उमेश रोकायले गत असार महिना सम्मको १ करोड ४१ लाख ८४ हजार १ सय ६५ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। साधारण सभाको अवसरमा संस्थाका पुर्व अध्यक्ष नारायणप्रसाद सेढाईलाई सम्मान गरिएको थियो । सभाले रिक्त रहेको अध्यक्षमा रोहिणीराज मैनाली,उपाध्यक्षमा डम्बर प्रसाद ओली र सचिवमा बासुप्रसाद सेढाईलाई चयन गरेको छ। त्यसैगरी रिक्त नै रहेको लेखासुपरिवेक्षण समितिको संयोजकमा सन्तोष अधिकारी चयन हुनुभएको छ भने सदस्यमा प्रेमप्रसाद सेढाई चयन हुनुभएको छ । जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नम्वर  ७, ८ र ९ कार्यक्षेत्र रहेको सहकारीमा हाल ६ सय ६४ जना शेर सदस्यहरु रहनु भएको सहकारी संस्थाले जनाएको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like