- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ः पुस ११- दोलखाको भीमेश्वर नगरपालिकामा लप्सी टिप्ने क्रममा रुखबाट लडेर एक युवा गम्भीर घाइते हुनुभएको छ। बिहीबार जिल्लाको बैतेश्वर गाउँपालिका वडा १ को उपल्लोमुदीका ३१ वर्षीय प्रकाश तामाङ रुखबाट खसेर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जलाएको छ। लप्सीको ठेक्का लिएर काम गर्दै आउनु भएको तामाङ भीमेश्वर वडा नम्वर ७ उखुबारीमा लप्सी झार्नका लागि रुखमा चढनु भएको थियो। सोही क्रममा लडेर गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनभयो। उहॉको अनुसार घाइते तमाङलाई चरिकोटमा रहेको च्छो–रोल्पा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको छ। तमाङको टाउको र कम्मर चोट लागेको प्रहरीले जनाएको छ।