Thursday, January 15, 2026

दोलखामा ८ हजार ५ सय ५० नयाँ मतदाता थपिए


दोलखामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ८ हजार ५ सय ५० नयाँ मतदाता थपिएको निर्वाचन कार्यालय दोलखाले जनाएको छ । जिल्लामा २०७९ सालमा १ लाख ६१ हजार ७ सय ५०मतदाता रहेकामा हाल बढेर १ लाख ७० हजार ३ सय २१ पुगेका निर्वाचन कार्यालय दोलखाका सूचना अधिकारी विशाल केसीले जानकारी दिनुभयो ।उहाँका अनुसार जिल्लामा फागुन २० गतेसम्म २० वर्ष उमेर पुगेका पुरुष ८७ हजार १ सय ६१ र महिला ८३ हजार १ सय ६० जना रहनु भएको छ । जिल्लामा ९४ मतदान स्थल रहेमा एक मतदान स्थल थपिएर ९५ पुगेको निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like