Thursday, January 15, 2026

तीन राजनितिक दलबाट समानुपानिक वन्दसुचिमा दोलखाका ४ जना समावेश


अगेनो न्यूज ः पुस १९-तीन वटा राजनितिक दलबाट समानुपानिक वन्दसुचिमा दोलखाका ४ जनाको नाम समावेश भएकोे छ । जिल्लाका तीन वटा राजिनिति दलबाट आगामी फागुनमा हुने प्रतिनीधी सभाको समानुपातिकतर्फको अन्तिम बन्द सूचीमा दोलखाका ४ जनाको नाम  समावेश भएको हो ।नेपाली कम्युनिस्ट पार्टी दोलखाबाट खस–आर्य पुरुषतर्फ महेन्द्र बहादुर कार्की र जनजाति पुरुषतर्फ पासाङ शेर्पा अन्तिम बन्द सूचीमा समावेश हुनुभएको भएको नेपाली कम्युनिस्ट पार्टी दोलखाले जनाएको छ । त्यसैगरी नेपाली काङग्रेस दोलखाबाट महिला जनजाति कोटामा छिरिङ डोल्मा शेर्पाको नाम समावेश भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाबाट दलित महिला कोटामा स्मृति सेञ्चुरीको नाम समावेश भएको राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका प्रवक्ता जयराम खड्काले जानकारी दिनुभयो ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like