- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ः पुस २५- दोलखामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १ हजार ३ सय भन्दा वढि निर्वाचन प्रहरी लागि भर्ना प्रक्रिया सुरुगरिएको छ । निर्वाचनका लागि जिल्लामा १ हजार ३ सय ५० जना निर्वाचन प्रहरी माग गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक श्रीराम तिम्लसिनाले जानकारी दिनुभयो । उहाँँका अनुसार इच्छुक उम्मेदवारले आजदेखि माघ १ गतेसम्म जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको कार्यालय चरिकोटमा निवेदन दिनसक्ने सक्नुहुने छ । जिल्लामा नेपाल प्रहरीतर्फ १ हजार ३ सय ४ जना सशस्त्र प्रहरी बलतर्फ ४६ जना गरि १ हजार ३ सय ५० जना निर्वाचन प्रहरी माग गरिएको हो । नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल,नेपालको संयुक्त कार्यविधि–२०८२ अनुसार निर्वाचन प्रहरी छनोट, नियुक्ति तथा परिचालनका लागि योग्यता पुगेका नेपाली नागरिकबाट एकीकृत रूपमा दरखास्त आह्वान गरिएको हो । निर्वाचन प्रहरीमा भर्ना हुनका लागि दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४वर्ष ननाघेको हुनुपर्नेछ । निर्वाचन प्रहरीले ४० दिने काम गनुपर्ने छ भने उक्त अवधिको दैनिक ८ सय ६९ रुपैयाँ ४० पैसाकादरले ३४ हजार ७ सय ६७ रुपैयाँ रकम पाउँने जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।