- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ः पुस २५- दोलखाको चरङ्गे खोलामा ढुंगा लोड गर्ने क्रममा ढुंगाले लगेर एक मजदुर घाइते हुनुभएको छ । जिल्लाको शैलुङ गाउँपालिका वडा नम्बर नम्वर ७ चरङ्गे खोलामा ढुंगा लोड गर्ने क्रममा ढुंगालले लगेर फस्कुका २६वर्षिय दिनेश विश्वकर्मा घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।ट्याक्टरमा ढुंगा लोड गर्ने क्रममा ढुंगा खसी सोहि ट्याक्टरमा काम गर्ने विश्वाकर्मा गम्भीर घाईते हुनुभएको हो । गम्भीर घाईते हुनुभएको विश्वकर्माको हाल ट्रमा सेन्टर काठमाण्डौ उपचारको भईरहेको छ ।