Thursday, January 15, 2026

दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघको २७ औ वार्षिक साधारण सम्पन्न


अगेनो न्यूज ः पुस २६- दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ दोलखाको २७ औ वार्षिक साधारण तथा ३० औँ स्थापना दिवस सम्पन्न भएको छ । स्थापना दिवस तथा साधारण सभाको नेस्कुनका अध्यक्ष चन्द्र ढकालले उद्घाटन गर्नुभएको थियो । संस्थाका अध्यक्ष भुमीराज खड्काको अध्यक्षतामा भएको सभामा संघका संघका सचिव शर्मीला सापकोटाले  वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष परशुराम कार्कीले ४३ करोड १० लाख ४ सय १३रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साधारणको अवसरमा उत्कृष्ट सहकारी अभियानतातर्फ जिवसराज खड्का,उत्कृष्ट सहकारी संस्थाको रुपमा हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था,उत्कृष्ठ लगानी गर्ने संस्थाको रुपमा पाँचखोला साकोस,उत्कृष्ठ कारोबार गर्ने संस्थाको रुपमा जनसेवा साकोस,उत्कृष्ठ नियमीत बचत गर्ने संस्थाको रुपमा जनमुखी साकोस,उत्कृष्ठ कर्मचारीको रुपमा कालिना साकोसका शिवहरि शिवाकोटी,पत्रकार सिर्जन कुमार घिमीरे र सहकारीको पुर्व सञ्चालक  मरीच बहादुर खड्कालाई नगद सहित सम्मान गरिएको थियो ।साधारण सभामा नेस्कुनका अध्यक्ष चन्द्र ढकाल,बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ संघको वरिष्ठ उपाध्यक्ष जिवसराज खड्का,जिल्ला सरकारी संघ दोलखाका अध्यक्ष देवीप्रसाद शर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सघमा जिल्लामा रहेका २ सय वटा बचत तथा ऋण सहकारी संस्था मध्ये  संघमा हाल १सय १४ वटा  मात्र सहकारीहरु आबद्ध भएका छन्।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like