Saturday, November 8, 2025

दोलखाको यलुङ रि हिमपहिरोमा परी बेपत्ताको खोजिकार्य स्थगित,फकियो उद्धार टोली


अगेनो न्यूज ःकात्तिक २२-दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहणको क्रममा हिमपहिरोमा परी बेपत्ता आरोहिहरु को खोजिकार्य शुक्रवारबाट स्थगित गरिएको छ । हिउँ निक्कै कडा भएको छ र त्यसलाई खन्न सम्भव नदेखिएको कारण हाललाई खोजिकार्य स्थगित गर्ने निर्णय गरिएको खोज तथा उद्दार टोलिका कमाण्डर पासाङ किदर शेर्पाले बताउनुभयो । गत कार्तिक ११ गते दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर ९ को रोल्वालिङ क्षेत्रमा पर्ने ५ हजार ६ सय ३० मिटर उँचाईको यलुङ रि हिमाल आरोहणको लागि गाईड र आरोहि गरी १५जनाको टिम पुगेको थियो । हिमपहिरोमा परेका मध्ये ८ जनाको सकुस उद्धार गरिएको थियो भने हाल सम्म २ जना नेपाली र २ जना विदेशीको शव फेला पारिएको छ । हिमपहिरोमा परेका ३ जना अर्झै हिमपहिरोमानै वेपत्ता रहेको स्थानीय प्रशासन कार्यालय दोलखाले जनाएको छ ।दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले पनि खोजिको लागि पुगेको टोलिले अब यो सिजनमा खोजिकार्य सम्भव नहुने भएकोले फर्कन लागेको कुरा जानकारी गराएको बताउनुभयो ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like