Saturday, November 8, 2025

हतियार लुटपाटमा संलग्न दोलखाका घिसिङ सहित ११ जना विरुद्ध मुद्दा दर्ता


अगेनो न्यूज ःकात्तिक २१- भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा प्रहरीमाथि आक्रमण गर्दै हतियार लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ पर्नुभएको  दोलखाका एक जना  सहित ११ जना विरुद्ध मुद्दा दर्ता गरिएको छ । प्रदर्शनका क्रममा प्रहरीमाथि आक्रमण गर्दै हतियार लुटपाटमा संलग्न दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर १ घर भई काठमाडौँ महानगरपालिका वडा नम्वर ३२ जडीबुटी बस्ने ४८ वर्षीय गौतम घिसिङ सहित ११ जना विरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । घिसिङले  प्रहरीलाई बर्दी खोल्न लगाएर बागमती खोलामा हाम फाल्न लगाएको पाईएको छ ।घिसिङले बयानमा आफूसहितका आन्दोलनकारीहरूले भिएस निकेतन कलेजको पाँचौँ तलामा पुगेका प्रहरीलाई तल ओरालेर गालीगलौज र धम्की दिँदै पोसाक खोल्न लगाएर बागमतीमा हाम फाल्न लगाई ढुङ्गा मुढा प्रहार गरेर कुटपिट गरेको स्वीकार गर्नुभएको छ । घिसिङ बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त हुनुहुन्छ । उहाँमाथि ४ असोज २०७९ र १० फागुन २०७९मा बैंकिङ कसुर मुद्दामा प्रहरी वृत्त गौशालामा मुद्दा दर्ता भएको थियो ।त्यस्तै प्रहरीको हतियार लुटेर फोटो प्रदर्शन गर्ने सिन्धुली मरिण गाउँपालिकाका कुमार रोक्का, रौतहट राजपुर नगरपालिका वडा नं ७ का अंशुकुमार गुप्ता, धनुषा हंसपुर नगरपालिका २ का अजयकुमार साह, सप्तरीका देवराज राय, काठमाडौँ महानगरपालिका ३१ का उत्कर्ष श्रेष्ठ, रौतहट गरुडा नगरपालिकाका लकिबाबु जयसवाल, रौतहटका सौरभ यादव, सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका धिरज थापा, धनकुटा हिले नगरपालिकाका नवीन राई र पाल्पा रम्भा गाउँपालिकाका विवेक बस्नेतविरुद्ध मुद्दा दर्ता भएको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like