- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ःकात्तिक २२- लमजुङमा भएको जिप दुर्घटना दोलखाका दुई युवकको मृत्यु भएको पाईएको छ ।गएराति मस्र्याङ्दी गाउँपालिका वडा नम्वर ३ खुदीबाट नाईचेमा हिडिखोला हाईड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा ८ च ३७३१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दोलखाको दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा जिल्लाको मेलुङ गाउँपालिका वडा नम्वर ४ का ३० वर्षीय विनोद खड्का र सोहि स्थानका २५ वर्षीय पारस खड्काको मृत्यु भएको हो ।जिप अनयन्त्रित भएर सडकबाट ८ सय मिटर तल खस्दा उनीहरु गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उहाँलाई बेँसीसहर नगरपालिका वडा नम्वर ८ स्थित प्रदेश अस्पताल बेँसीसहर लमजुङमा उपचारको लागि ल्याए पनि उपचारको क्रममा मृत्यु भएको सूचना अधिकारी क्षेत्रीले जानकारी दिनुभयो । जीपमा रहेका ताप्लेजुङको सिदीङ्वा गाउँपालिका वडा नम्वर ४ का २० वर्षीय उमेश लिम्बूको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।