- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ः पुस १४- दोलखाको विगु गाउँपालिकामा चालु आथिक वर्ष प्रधामन्त्री रोजगार कार्यक्रमका लागि १ हजार ७ सय जना भन्दा बढिले निवेदन दिनुभएको छ । जिल्लाको विगु गाउँपालिकामा चालुु आर्थिक वर्ष २०८२÷०८३ का लागि प्रधामन्त्री रोजगार कार्यक्रममा सहभागी हुन पालिकाका १ हजार ७ सय ६०जना नागरिकले निवेदन दिनुभएको पालिकाका रोजगार संयोजक प्रकाश थामीले जानकारी दिनुभयो । उहाँका अनुसार पालिका १ सय दिनको रोजगारीका लागि दिनु भएको निवेदन मध्ये प्रत्येक वडामा ३÷३जनाका दरले २४जनाले एक सय दिनको रोजगारी पाउँनु हुने छ भने पालिकामा चालु आर्थिक वर्ष प्रधामन्त्री रोजगार कार्यक्रमा मार्फत ८ वटा योजना सञ्चालन हुने छन् । पालिकामा चालु आर्थिक वर्ष ३०लाख ७२ हजार रुपैयाँ रकम प्राप्त भएको छ ।