Thursday, January 15, 2026

एमाले दोलखाद्धारा निर्वाचित केन्द्रिय र लेखा आयोगका सदस्यलाई बधाई ज्ञापन


अगेनो न्यूज ः पुस १३- नेकपा एमाले दोलखाले पार्टीको ११औ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुनुभएको केन्द्रिय र लेखा आयोगका सदस्यहरुलाई बधाई ज्ञापन गरेको छ । नेकपा एमालेको जिल्ला कमीटी दोलखाको बैठकमार्फत ११औ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुनुभएको केन्द्रिय र लेखा आयोगका सदस्यहरुलाई बधाई ज्ञापन गरिएको हो । नेकपा एमालेको केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको पार्वत गुरुङ ,श्यामकुमार बस्नेत, उर्मिला सुनुवार र पार्टीको लेखा आयोगका केन्द्रि सदस्यहरु डिल्ली बराईली र सदस्य शान्तीकुमारी पाख्रिनलाई बधाई ज्ञापन गरिएको हो । नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादूर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा केन्द्री सदस्यहरु पार्वत गुरुङ,श्याम कुमार बस्नेत,उर्मिला सुनुवार, लेखा आयोगको केन्द्रिय सदस्य डिल्ली बराईली,शान्तीकुमारी पाख्रिन,एमालेका उपाध्यक्ष राजेन्द्र मानन्धर उपसचिव हरि ओली लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो। पार्टीको ११औ महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित आनन्द प्रसाद पोखरेल र रचना खड्का उपिस्थित नहुनुभएको नेकपा एमाले दोलखाले जनाएको छ । निर्वाचित केन्द्रिय र लेखा आयोगका सदस्यहरुहरुले भने मतदाताहरुलाई धन्यावद दिनुभएको थियो ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like