Thursday, January 15, 2026

दोलखाबाट फागुनमा १ लाख ७० हजार बढिले मतदान गर्न पाउने


अगेनो न्यूज ः पुस १५- दोलखामा आगामी फागुन २० गतेसम्म २० वर्ष उमेर पुगेका मतदाताको सङख्या १ लाख ७० हजार ३ सय २१ जना कायम भएको निर्वाचन कार्यालय दोलखाका सुचना अधिकारी विशाल केसीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा पुरुष ८७ हजार १ सय ६१ जना र महिला ८३ हजार १ सय ६० जना मतदाता फागुनमा मतदान गर्न योग्य भएको हो । जिल्लमा २०७९ को प्रतिनिधि सभा निर्वाचनमा १ लाख ६३ हजार १ सय ३३ जना मतदाता रहेको थियो ।जिल्लामा  २०७८ सालको जनगणना अनुसार जनसंख्या १ लाख ७२ हजार ७ सय ६७ रहेको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like