Thursday, January 15, 2026

दोलखाको विगुमा चालु आर्थिक वर्षको हाल सम्म एउटा योजना सम्झौता


अगेनो न्यूज ः पुस १२ -दोलखाको विगु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुदाँ विकास निर्माणका काम प्रभावित भएका छन् । जिल्लाको विगु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुदाँ चालु आर्थिक वर्ष २०८२÷०८३ का लागि छनौट भएका योजनाहरुको काम प्रभावित भएका हुन् । प्रमुख प्रशासकीय अधिकृत नियमीत रुपमा पालिकामा नहुदाँ चालु आर्थिक वर्षका लागि छनौट भएका योजनाहरु हालसम्म पनि एउटा बाहेक सम्झौता हुन नसकेको पालिकाका प्रवक्ता लोक बहादुर नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकामा चालु आर्थिक वर्षका लागि छनौट भएका ५ सय ७८ वटा योजना मध्ये हालसम्म वडा नम्वर ४को वडा स्तरीय सडक सरसफाई बाहेक कुनै पनि योजना सम्झौता हुन नसकेको हो । पालिकाले गत कात्तिक महिना भित्र योजना सम्झौता गरि सक्ने लक्ष्य राखेको थियो । गत साउनमा आउनु भएको प्रमुख प्रशासकीय अधिकृत सरुवा भएपछि विकास निर्माणको काम,कर्मचारीको तलब निकास लगायतका सबै आर्थिक कामहरु प्रभावित भएका छन् ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like