- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ः पुस १३- नेकपा एमाले दोेलखाले आगामी फागुनमा हुने प्रतिनीधी सभाको निर्वाचनमा समानुपातिक तर्फका लागि ९ जनाको नाम केन्द्रमा शिफारीस गरेको छ । पार्टीले फागुनमा हुने प्रतिनीधी सभाको समानुपातिकका लागि जिल्लाबाट टंक जिरेल, कालीका पाठक,उर्मीला थामी,प्रेमकुमारी चौलागाई, शान्तीकुमारी तमाङ,टेक बहादुर घतानी,भुवन केसी,डबल पाण्डे र कृष्ण भुजेलको नाम केन्द्रमा शिफारीस गरिएको नेकपा एमाले दोलखाले जनाएको छ । भोली पौष १४ गते आयोगको कार्यतालिका अनुसार अन्तिम दिन नेकपा एमालेले देशभरबाट प्राप्त बन्द सुचीमा समावेश गर्ने नामहरु तय गरी बुझाउने योजना बनाएको छ ।