Thursday, January 15, 2026

दोलखाको तीन पालिकामा फागुनमा मतदान गर्ने मतदाता भन्दा जनसङ्ख्या कम (सङ्ख्या सहित)


अगेनो न्यूज ः पुस १७- दोलखाका तीन वटा पालिकामा २०७८ सालको जनसङ्ख्या भन्दा मतदाताको सङ्ख्या बढि भएको पाईएको छ । जिल्लाका तीन वटा पालिकामा आगामी फागुन २० गतेसम्म २० वर्ष उमेर पुगेका मतदाताको सङख्या भन्दा जनसङख्या कम भएको पाईएको हो । जिल्लाको शैलुङ गाउँपालिकामा २०७८ सालको जनगणना अनुसार जनसङख्या १७ हजार ८सय ९६  जना रहेकोमा मतदाताको सङ्ख्या २० हजार ६ सय ९७ पुगेको छ । पालिकामा जनसङ्ख्या भन्दा मतदाताको सङ्ख्या २ हजार ८ सय १जना बढि रहेको पाईएको हो । यस्तै जिल्लाको मेलुङ गाउँपालिकामा जनसङ्ख्या १५ हजार ८ सय ९३ जना रहेको छ भने मतदाता ३ हजार २ सय ९४ जना बढि अर्थात १९ हजार १ सय ८७ पुगेको छ । जिल्लाको वैतेश्वर गाउँपालिकामा पनि जनसङ्ख्या १७ हजार ८ सय ९६जना रहेकोमा मतदाताको सङख्या ५ सय २३ जना वढि अर्थात १८ हजार ४सय २३ रहेको छ । गणकहरुले राम्रोसँग गणना नगरेको, बसोबासका आधारमा जनगणना गरिएको लगायतका कारण जनसङ्ख्या भन्दा मतदाताको सङ्ख्या बढि भएको हुनसक्ने सरोकारवालाहरुको भनाईरहेको छ । जिल्लाको भीमेश्वर नगरपालिकामा २९ हजार २ सय २ जना,जिरी नगरपालिकामा १४ हजार ५ सय ३३ जना, कालिञ्चोक गाउँपालिकामा १९ हजार ६ सय ५४ जना,गौरीशंकरमा १६ हजार ७ सय २२ जना,तामाकोशीमा १६ हजार ८सय ८५जना र विगु गाउँपालिकामा १५ हजार ५४ जना गरी दोलखामा आगामी फागुन २० गतेसम्म २० वर्ष उमेर पुगेका मतदाताको सङख्या १ लाख ७० हजार ३ सय २१ जना कायम भएको निर्वाचन कार्यालय दोलखाका सुचना अधिकारी विशाल केसीले जानकारी दिनुभयो । जिल्लामा २०७८ सालको जनगणना अनुसार जनसंख्या १ लाख ७२ हजार ७ सय ६७ रहेको छ ।







Super Admin

agenonews

Please Login to comment in the post!

you may also like