Thursday, January 15, 2026

प्रहरी बनेर ठग्ने दोलखाका एक जना सहित दुई जना काठमाडौंबाट पक्राउ


अगेनो न्यूज ः पुस १६- काठमाडौं उपत्यकाका विभिन्न औषधी पसलहरूमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट आएको प्रहरी भन्दै ठगी गरेको आरोपमा  दोलखाका एक जना सहित दुई जना पक्राउ पर्नुभएको छ ।पक्राउ पर्नेमा दोलखा घर भएका ३४ वर्षीय प्रकाश तामाङ रसिन्धुपाल्चोक घर भएका ३७ वर्षीय लामा रहनुभएको छ । उहाँहरुलाई प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो ।लागुऔषधजन्य औषधी बेचेको भन्दै डर, धम्की देखाएर रकम असुल्ने गरको आरोप उनीहरुमाथि छ । पक्राउ परेकाहरु विरुद्ध काठमाडौं जिल्ला अदालतबाट   दिनको म्याद लिएर अनुसन्धानअघि बढाइएको छ ।

Super Admin

agenonews

Please Login to comment in the post!

you may also like