Thursday, January 15, 2026

दोलखाको मेलुङ ७ का कृषकलाई जैविक विषादी निर्माणका लागि ड्रम वितरण


अगेनो न्यूज ः पुस १८ - दोलखाको मेलुङ गाउँपालिका वडा नम्वर ७ मा जैविक विषादी निर्माणका लागि प्लास्टिकका ड्रम वितरण गरिएको छ । गाउँपालिकामा सञ्चालित नेपाल सरकारको दोस्रो खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना मार्फत पालिका वडा नम्वर ७ मा रहेको शिवपोषण समुहको बैठक बसेको अध्यक्ष नवराज खड्काले जानकारी दिनुभयो । उहाँँका अनुसार उक्त बैठक पछि समुहमा आवद्ध हुनुभएको २५ घर परिवार कृषकहरुलाई जैविक विषादी निर्माणका लागि प्रयोग हुने एकसय लिटर क्षमताको प्लास्टिक ड्रमसमेत वितरण गरिएको हो । परियोजनाले यस अघि पनि उक्त समुहका कृषकहरुलाई भैसीका पाडाहरु वितरण गरेको थियो भने परियोजनाले चालु आर्थिक वर्षका लागि स्थानीय जातका कुखुरा पालन, खोर निर्माण र तरकारी खेतीमा ५ लाख रुपैयाँ रकम विनियोजन गरेको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like