Thursday, January 15, 2026

दोलखाका तीन पालिकाले मात्र हटाए मुत्यु भएका मतदाताको नाम


अगेनो न्यूज ः पुस ६- दोलखाको तीन वटा पालिकाले मात्रै मुत्यु भएका मतदाताहरुको नाम हटाएका छन् । जिल्लाका ९ वटा नै पालिकालाई निर्वाचन कार्यालय दोलखाले  मुत्यु भएका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन पटक–पटक पत्राचार गरेको भए पनि जिल्लाका ३वटा पालिकाले मात्र मुत्यु भएका मतदाताहरुको मतदाता नामावलीबाट नाम हटाएको निर्वाचन कार्यालय दोलखाका सुचना अधिकारी विशाल केसीले जानकारी दिनुभयो । उहाँँका अनुसार जिल्लाको मेलुङ,वैतेश्वर र कालिञ्चोक गाउँपालिकाले मात्रै मुत्यु भईसकेका मतदाताहरुको नाम मतदाता नामावलीबाट हटाएका हुन् ।जिल्लाको कालिञ्चोक गाउँपालिकामा१४ जना, मेलुङमा ४७ जना र वैतेश्वर गाउँपालिका मा ६८ जना गरि १ सय २९जना मुत्यु भईसकेका मतदाताहरुको मतदाता नामावलीबाट नाम हटाईएको हो । जिल्लाको भीमेश्वर नगरपालिका,जिरी नगरपालिका, गौरीशंकर,विगु, शैलुङ र तामाकोशी गाउँपालिकाले भने मुत्यु भएका मतदाताहरुको मतदाता नामावलीबाटनाम नहटाएको निर्वाचन कार्यालयले जनाएको छ । 



Super Admin

agenonews

Please Login to comment in the post!

you may also like