Thursday, January 15, 2026

राप्रपा दोलखाद्धारा प्रतिनिधिका सभाका लागि २५ जनाको नाम शिफारीस ( नामावाली सहित )


अगेनो न्यूज ः पुस ६- आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी  दोलखाले २५जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । पार्टीको बैठकले प्रतिनिधि सभाको प्रत्येक्षतर्फ १५ जना र समानुपातिकतर्फ १० जना गरि २५ जनाको नाम शिफारीस गरेको हो । पार्टीले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ विजय खड्का,प्रविन कुमार थोकर, विष्णु श्रेष्ठ, कुमार कार्की, शिव केसी, होम आपागाई र ठाकुर प्रसाद शिवाकोटीको नाम शिफारीस गरेको छ । जनजाति पुरुषतर्फ विर शंकर शाही,छत्र बहादुर तामाङ,मंगल बिर तामाङ र मोहन बहादुर लामाको नाम शिफारीस गरेको छ ।त्यसैगरी प्रत्येक्ष महिला खस आयतर्र्फ देवकी बुढाथोकी,सृष्टि न्यौपाने र यशोदा पाठककोे नाम शिफारीस गरेको छ भने दलित पुरुषतर्फ सूर्य विश्वकर्माको नाम शिफारीस गरेको छ । समानुपातिक खस आर्यतर्फ सुन्दर प्रकाश खड्का,देवेन्द्र खड्का, केशव प्रसाद काफ्ले,पाण्डव सिं पाण्डे,रोशन कार्की र ईश्वर सापकोटाको नाम जिल्लाबाट केन्द्रमा पठाईएको राप्रपा दोलखाले जनाएको छ । त्यसैगरी जनजाति महिलातर्फ सोनिका श्रेष्ठ र रसना कुशुले,दलित महिलातर्फ विना मुगराती, अल्पसंख्यक महिलातर्फ फेसीमाया जिरेलको नाम शिफारीस गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका अध्यक्ष विष्णु श्रेष्ठ जानकारी दिनुभयो ।



Super Admin

agenonews

Please Login to comment in the post!

you may also like