- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ः पुस ७- रामेछापको मन्थली नगरपालिका वडा नम्वर १३ फुलासीमा आज ट्रक दुर्घटना दोलखाका एक सहित दुई जना घाईते हुनुभएको छ । आज मिल्तीबाट फुलासीतर्फ जाँदै गरेको बा ४ ख ७५३७ नम्बरको ट्रक अनियन्त्रित भएर दुर्घटना हुदाँ २ जना घाईते हुनुभएको हो । दुर्घटनामा परि चालक मन्थली वडा नम्वर ९ का ५० वर्षिय कुमार बोहरा र दोलखाको शैलुङका ३५ वर्षिय कमल थापा घाईते हुनुभएको छ । घाईते दुबै जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजन तिमल्सिनाले जानकारी दिनुभयो । गाडीमा ३ जना सवार रहनु भएको थियो । दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।