Thursday, January 15, 2026

दोलखाको सुनखानीमा बोलेरो र मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा एक जना घाईते


अगेनो न्यूज ः पुस १०- दोलखाको कालिञ्चोक गाउँपालिकाको स्याउलीमा आज बोलेरो गाडी र मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकल चालक घाईते हुनुभएको छ। जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ७ स्याउलीमा बोलेरो गाडी र मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा वडा नम्वर ७का चालक ४३ बर्षिय रुद्र बहादुर शिवाकोटी घाईते हुनुभएको प्रहरीले जनाएको छ । चरिकोटबाट सिँगटीतर्फ जाँदै गरेको बा.प्र. ०२–०१७–१०८१ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको बा.२१ च ३७०८ नम्बरको बोलेरो गाडी आपसमा ठोक्किएर दुर्घटना भएको हो । घाईते शिवाकोटीको अनुहारमा चोट लागेको र अवस्था मध्यम रहेको  भने शिवाकोटीको हाल पशुपति चौलागाई स्मृति अस्पताल चरिकोटमा उपचार भईरहेको छ । 


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like