Thursday, January 15, 2026

करदाता कार्यालय खारेज गर्ने सरकारको निर्णय प्रति दोलखाका व्यावसायीहरुको ध्यानाकर्षण


अगेनो न्यूज ः पुस १०- दोलखाको सदरमुकाम चरिकोटमा रहेको चरिकोट करदाता सेवा कार्यालय खारेज  गर्ने सरकारको निर्णय प्रति दोलखाका व्यावसायीहरुले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । गत कात्तिक १७ गतेको मन्त्री परिषद्को बैठकले चरिकोट करदाता सेवा कार्यालय सहित देशभरका विभिन्न जिल्लामा रहेका ३८ करदाता कार्यालय खारेज गर्ने गरेको थियो । उक्त निर्णय प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै चेम्बर अफ कमर्स दोलखा,जिल्ला हार्डवयर व्यवसायी संघ,पर्यटन तथा होटल व्यवसायी संघ दोलखा,जिल्ला निर्माण व्यवसायी संघ दोलखा र वितरक संघ दोलखाले आज संयुक्त प्रेस विज्ञप्ती जारी गरेको छ ।सरकारको निर्णयले जिल्लाका उद्योगी, व्यवसायी तथा आम करदाताहरूलाई ठूलो असुविधा हुने,दोलखा भौगोलिक रूपमा विकट जिल्ला भएको हुँदा कर सम्बन्धी सेवा लिन असहज हुने अवस्था सिर्जना हुनाले व्यवसायिक गतिविधिमा प्रतिकूल प्रभाव पर्ने र यसले गदाँ समय,खर्च र श्रमको अनावश्यक बोझ थपिनुका साथै स्थानीय आर्थिक गतिविधि कमजोर बनाउने खतरा रहेको हाम्रो ठहर भएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like