- by agenonews
- Jul 23, 2025
अगेनो न्यूज ः पुस १०- दोलखाको सिँगटी बजारमा एक दिने कृषि प्रर्दशनी मेला आयोजना गरिएको छ । जिल्लाको गौरीशंकर, विगु र कालिञ्चोक गाउँपालिकाका कृषकहरुले उत्पादन गर्नुभएको फलफुल,तरकारी र दुग्धजन्य पदार्थको बजारीकरण लागि टेवा पु¥याउने उद्धेश्यले सिंगटी बजारमा मेलाको आयोजना गरिएको हो । दोलखा उद्योग बाणिज्य संघ सिंगटी शाखाको आयोजना र गौरीशंकर,विगु र कालिञ्चोक गाउँपालिकाको समन्वय र ग्रामिण विकास टुकी संघ दोलखा अन्तरगत सिविन नेपालद्धारा सञ्चालित ओसेलीप परियोजनाको आर्थिक सहयोगमा भएको कृषि प्रर्दशनी मेलामा ८०जना कृषकहरुले प्रदर्शनीका लागि सामग्रीहरु ल्याउनु भएको थियो भने उत्कृष्ट सामग्रीहरु प्रर्दशन गर्नुहुने तीन वटा पालिकाका ३÷३ जना गरी ९ जना उत्कृष्ट कृषकहरुलाई नगद सहित सम्मान गरिएको थियो । उद्योग बाणिज्य संघ सिँगटी शाखाका अध्यक्ष उमेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुल बहादुर बुढाथोकी र ग्रामिण विकास टुकी संघ दोलखाका अध्यक्ष जयप्रसाद दाहाल लगायतका मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा तीन वटा पालिकाका जनप्रतिनीधी कृषक लगायतका ४सय जना भन्दा वढिको सहभागीता रहेको थियो ।