Thursday, January 15, 2026

दोलखाको भीमेश्वर नगरपालिकामा ५मा भएको शिविरमा ५सय वढिको स्वास्थ्य परिक्षण


अगेनो न्यूज ः पुस २८- दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ५ मा भएको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय जना भन्दा वढिको स्वास्थ्य परिक्षण गरिएको छ । वडा कार्यालयको आयोजना र ललितपुर स्थित सुमेरु सिटी अस्पतालको प्राविधिक सहयोगमा  वडा नम्वर ५मा भएको निःशुल्क स्वास्थ्य शिविरमा वडा भित्रका र आसपासका क्षेत्रका कुल ५ सय १ जना नागरिकको स्वास्थ्य परिक्षण गरिएको वडा अध्यक्ष बासु श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा सुमेरु सिटी अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीले बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। सेवाग्राहीहरूले जनरल फिजिसियन,नशा तथा हाडजोर्नी,स्त्री रोग,मृगौला तथा पिसाब सम्बन्धी समस्या र नाक,कान, घाँटीसँग सम्बन्धित रोगहरूको विशेषज्ञ परामर्श प्रदान सहित स्वास्थ्य परिक्षण समेत गरिएको थियो। 


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like