- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ः पुस २८- दोलखाको भीमेश्वर नगरपालिका क्षेत्रभित्रका सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेबिज विरुद्ध खोप अभियान सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले नगर भित्रका सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेबिज विरुद्ध खोप अभियान यहि पुस २९ गतेदेखि माघ २गतेसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ । खोप अभियानमा घरपालुवा तथा सामुदायिक कुकुर र बिरालोको टोकाइबाट सर्ने रेबिज रोग तथा त्यसबाट उत्पन्न हुन सक्ने अन्य जोखिम न्यूनीकरण गर्ने उद्देश्यले बन्ध्याकरण तथा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो । भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीले रेबिजजस्तो घातक रोगको नियन्त्रणका लागि समयमै खोप र बन्ध्याकरण आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार उक्त अभियानले जनस्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । नगरपालिकाले घरपालुवा तथा सामुदायिक कुकुरलाई खोप लगाउने र बन्ध्याकरण गर्ने कार्यमा सहयोग गर्न नगरवासीलाई अनुरोध गरेको छ ।