- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ः पुस २६- दोलखा चेम्बर अफ कमर्सको सातौ वार्षिक साधारण आज दोलखाको सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । दोलखा चेम्बर अफ कमर्स दोलखाका अध्यक्ष रुद्रजंग बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सचिव कुष्ण नेपालीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष भरत बस्नेतले १० लाख १० हजार १ सय ६२ रुपैयाँ बराबर आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। वार्षिक साधारण सभाको अवसर चेम्बर अफ कमर्स दोलखाका पुर्व सञ्चालक विरशङ्कर शाही,पत्रकार जीवन लामा उत्कृष्ट सदस्य अनिता खडका र ईन्द्रमान प्राखिनलाई सम्मान गरिएको छ । वार्षिक साधारण सभामा भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर,भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेत ,चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य विष्णु श्रेष्ठ,दोलखा जिल्ला होटल तथा पर्यटन विकास संघ दोलखाका अध्यक्ष कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ दोलखाका सचिव सुर्जन काफले,संस्थाका बरिष्ठ उपाध्यक्ष पुरुषोत्तम ठकुरी, दोलखाका उद्योग वाणिज्य संघ दोलखाका रामशरण बस्नेत लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो। २०७४ सालबाट सञ्चालन भएको संस्थामा हाल २ सय १८ जना सदस्य रहेका छन्।