- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ःकात्तिक २०-दोलखाको तामाकोशी गाउँपालिकाले कार्यालयको काममा बाहेक गाउँपालिकाको सवारी साधन प्रयोग नगर्ने र बिदाको समयमा पास लिएर मात्रै प्रयोग गर्ने निर्णय गरेको छ । तामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीको अध्यक्षतामा बसेको कर्मचारीहरुको बैठकले कार्यालयको काममा बाहेक गाउँपालिकाको सवारी साधन प्रयोग नगर्ने र बिदाको समयमा पास लिएर मात्रै प्रयोग गर्ने अन्यथा कारवाही हुने तथा अपठ्यारो परिस्थितिमा स्वयम जिम्मेवार हुने लगायतका शुसासन समवन्धी १४ बुद्धे निर्णय गरेको छ । बैठकले सबै कर्मचारीहरुले कार्यालय समयको पूर्ण पालना गर्ने र अनिवार्य रुपमा कार्यालय पोशाक र परिचयपत्र सहित कार्यालयमा उपस्थित हुने,बिदा स्वीकृत गराएर मात्र बिदामा बस्ने र आपतकालिन अवस्थामा कार्यालय प्रमुख र शाखा प्रमुखलाई जानकारी गराएर मात्र हिडने अन्यथा जानकारी विनाको विदाको तलब कट्टा हुने तथा कानून बमोजिम हुने,वडा, स्वास्थ्य संस्था र शाखाले लागत अनुमान तयार गरी प्रमुख प्रशासकीय अधिकृतबाट खरिद आदेश भएपछी मात्रै सामान खरिद गर्ने प्राणाली क्तचयलनथि लागु गर्ने, खरिद भएका सामाग्री र गाउँपालिकाबाट र अन्य संघ संस्थाबाट प्राप्त सामान तथा नगदको आन्तरिक आम्दानी दाखिला गर्ने र हाल कार्यालयमा उपलब्ध सामानहरुको एकिन गरी विवरण चुस्त दुरुस्त र दाखिला बनाउने,कार्यालयमा कार्यकक्ष व्यवस्थापन कार्यालय परिसर व्यवस्थापन र सरसफाईमा ध्यान दिने, कार्यालयको काममा बाहेक गाउँपालिकाको सवारी साधन प्रयोग नगर्ने र बिदाको समयमा पास लिएर मात्रै प्रयोग गर्ने अन्यथा कारवाही हुने तथा अपठ्यारो परिस्थितिमा स्वयम जिम्मेवार हुने,जेन्जीको आन्दोलन र भावनालाई आत्मसाथ गरी सेवा प्रवाह र क्षमता विकासको सन्दर्भमा स्वयम रुपान्तरण हुने,कर्मचारीले आचारसंहिताको पालना गर्ने, नम्रभाव र मुस्कान सहितको सेवा प्रभाव गर्ने, सामाजिक संजालको प्रयोगमा सावधानी अपनाउने, स्टाटस र कमेन्ट गर्दा पदीय मर्यादा ख्याल गर्ने अन्यथा कानून बमोजिम कारबाही हुने तथा कारबाहिको लागि सिफारिस गरेमा मञ्जुर हुने, जेनजी आन्दोलन पश्चात सार्वजनिक खर्च मितव्यतिता र खर्च कटौती सम्बन्धमा संघीय सरकारले गरेको निर्णय र खर्च कटौती सम्बन्धमा संघीय सरकारले गरेको निर्णय र परिपत्र अनुसार कार्यान्वयनमा जान आर्थिक प्रशासन शाखासंग समन्वय गरी सबै शाखाहरुले खाका तयार गरी पेश गर्ने ,सवारी साधन मर्मत तथा सवारीमा सवारीमा ईन्धन हाल्नको लागि कार्यालय समय बाहेक पास अनुमति लिएर मात्रै जाने LISA
/FRA लाई आत्मसाथ गरी उच्चतम अंक प्राप्त गर्ने गरी प्रणाली विकास गर्न सबैले सहकार्य गर्ने ,सूचना प्रबिधि शाखाले ीक्ष्क्ब् बढ़ी अंक प्राप्त गर्ने सन्दर्भ र आर्थिक प्रशासन शाखामा बढी अंक प्राप्त गर्न कार्ययोजना बनाई पेश गर्ने र कार्यान्वयनमा जाने,गत आ.व को बेरुजिको प्रारम्भिक रिपोर्ट अनुसार बेरुजुको अवस्था राम्रो रहेकाले सोही अनुसार थप राम्रो बनाउन सबै ईमान्दर र संवेदनशील बन्ने ,प्रत्येक चौमासिकमा वडाको हकमा वडा सचिव तथा स्वास्थ्य चौकी तथा अस्पतालको हकमा स्वास्थय चौकी प्रमुख तथा अस्पताल प्रमुखले हाजिर प्रमाणित गरे पश्चात तलब भुक्तानी हुने, प्राविधिक शाखाहरुले Quantity
Baseमा भन्दा Quality
Baseमा रहेर मूल्याङकन गर्ने र सरोकारवाला उपभोक्ता र समुदायलाई quality
baseमा काम गर्न अभ्यस्त बनाउने र प्राबिधिक मूल्याङ्कनबाट दिगो र गुणस्तरिय संरचना निर्माणमा जोडबल गर्नेर कार्यालयमा समन्वय सहजिकरण र सौहार्द वातावरण कायम गर्ने साथै पार्र्टीगत र व्यक्तिगत भन्दा संस्थागत भलो हुने व्यवहार र आचरण प्रस्तुत गर्ने निर्णय गरेको छ ।