Saturday, November 8, 2025

एन्फा प्रेसिडेन्ट लिग २०२५ मा टाइगर टिम दोलखाको शानदार सुरुवात


अगेनो न्यूज :- कार्तिक १९, एन्फा प्रेसिडेन्ट लिग - २०२५ ( ANFA PRESIDENT LEAGUE - 2025 ) कार्तिक १९ गते बुधबारदेखि  हेटौंडाको .गौरिटार रंगशालामा मा सुरुभएको छ ।  पहिलो दिनमा दुई खेल सम्पन्न भएका छन । दोश्रो दिनको दोश्रो खेलमा टाइगर टिम तिखातलले गाइघाट एफ. सि लाई २/१ ले पराजित गरेको छ  । खेलको  १३ मिनेटमै  टाइगर टिमका जर्सी नम्बर १० सुसन लामाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको २७ औ मिनेटमा बराबरी खेलेको गाइघाट एफ.सि ले धेरै समय बराबरी टिकाउन सकेन । पहिलो हाफमै टाइगर  टिमका जर्सी नम्बर ५ का आशिष श्रेष्ठको उत्कृष्ट हेडर मार्फत भएको दोश्रो गोल नै निर्णायक गोल बन्यो । दोलखाको प्रतिनिधित्व गरेको टाइगर टिम तिखातलले दोलखाको फूटबल इतिहासमै पहिलो पटक यो उचाई प्राप्त गरेको छ । खेलको उत्कृष्ट खेलाडी टाइगर टिम तिखातलका सुशान लामा बनेका छन । टाइगर टिमका कोच सन्दिप खड्काकाले भन्नुभयो "खेलाडिहरुले उत्कृष्ट खेल प्रदर्शन गरेका छन, यसलाइ निरन्तरता दिदै प्रथम हुनेछौ" साथै सहायक प्रशिक्षक शन्त बहादुर तमाङ्ले यस प्रतियोगितामा हामी प्रथम स्थान हासिल गर्नका लागि आतुर रहेको बताउनुभयो ।

प्रदेश स्तरीय खेलमा उत्कृष्ट भएका क्लबहरु बिच प्रतियोगिता संचालन भैरहेको छ । प्रतियोगितामा  जागृति युबा क्लब, चित्लाङ एफ.सी, विजय स्पोर्ट्स क्लब, लालिगुरास एसोसिएशन क्लब, देउराली युथ क्लब समूह "A" मा रहेका छन भने समूह "B" मा नब जागृति क्लब, HAIRANS क्लब, टाइगर टिम तिखातल, गाईघाट एफ .सी, काकरे बिहार युथ क्लब रहेका छन ।

खेल तालिकाअनुसार फाइनल खेल मङ्सिर २ गते हुनेछ । खेल तालिका अनुसार निर्धारित समयमै बिबादरहित खेल सम्पन्न हुने आयोजकले जानकारी दिएको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like