Thursday, January 15, 2026

सिन्धुलीमा बैंक लुटियो,तीन करोड बोरामा हालेर भागेका लुटेरा खोज्दै प्रहरी


अगेनो न्यूज ः पुस ३०- सिन्धुलीको घ्याङ्लेखमा रहेको नेपाल एसविआई बैंक शाखामा मंगलबार साँझ साढे ७ बजेतिर लुटपाट भएको छ । हतियार सहित कालो पोशाकमा आएका लुटेराहरुले सुरक्षा गार्ड रुद्र कार्कीलाई बाँधी खुकुरी प्रहार गरि घाईते बनाई बैंक लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताउनुभयो । कार्कीलाई लुटेराहरुले धारिलो हतियार प्रयोग गरेको र हातमा चोट लागेको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको सुवेदीले बताएका छन् ।बैंकबाट लुटपाट गरि बोरामा पैसा लिएर लुटेराहरु भागेका छन् । हतियार सहित आएको लुटेरा समुहले बैकको सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिई लुटपाट गरेको पाईएको छ । बैंकबाट लुटेरा समूहले करिव तीन करोड सात लाख रुपैंया लगेको प्रारम्भिक अनुमान गरिएको भए पनि कति रकम लुटपाट भयो एकीन भएको छैन । लुटिएको पैसामध्ये एक बोरा रकम र लुटपाटमा प्रयोग गरिएको विएडि ०३९८ नम्बरको टाटा सुमो स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको छ ।लुटपाटमा प्रयोग भएको उक्त गाडी घ्याङलेख गाउँपालिका वडा नम्वर १ टुनिभञ्ज्याङबाट प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले उक्त गाडीका चालक काभ्रेको बनेपाका भागवत सिंह थापालाई पनि नियन्त्रणमा लिएको छ । लुटेरा समूहमा ७ जना रहेको प्रारम्भिक सूचना प्राप्त भएको छ । उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । बनेपाबाट बैंक लुटपाटकै लागि नकावधारी टोली आएको खुलेको छ । लुटपाटमा संलग्न कसैलाई पनि फेला पार्न नसकिएको एसपी सुवेदीले जानकारी दिएका छन् ।लुटपाटमा संलग्नहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदी र डिएसपी सुर्यप्रकाश सुवेदीको नेतृत्वमा प्रहरी टोली खटिएको छ । इलाका प्रहरी कार्यालय बस्तीपुरको टोली खोजी कार्यमा जुटेको छ । स्थानीयहरुले समेत खोजी कार्यमा प्रहरीलाई सहयोग गरिरहेका छन् । स्थानीय र प्रहरीले त्यस क्षेत्रको बन क्षेत्रमा लुटेराहरुको खोजी कार्य जारी राखेको स्थानीयले बताएका छन् । नियन्त्रणमा लिएको सवारी साधन र पैसा इलाका प्रहरी कार्यालय बस्तीपुरमा राखिएको छ ।यस्तै नेपाल एसविआई बैंक सिन्धुलीका प्रमुख प्रज्वल रेग्मीले पनि आफु घटनास्थलतर्फ जाँदै गरेको र घटनाको बारेमा विस्तृत विवरण जानकारी नभएको बताएका छन् । बैंकका घ्याङलेख शाखा प्रमुख प्रविण खड्का र बैंकका कर्मचारीलाई प्रहरीले निगरानीमा राखी सोधपुछ गरिरहेको बताईएको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like