- by agenonews
- Oct 13, 2025
अगेनो न्यूज ः पुस ३०- दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ५ किराँतिछापमा आजबाट तेस्रो जिल्लाव्यापी मावि स्तरीय छात्र वडा अध्यक्ष कप फुटबल प्रतियोगीता सुरु भएको छ । प्रतियोगीताको उद्घाटन भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले गर्नुभएको थियो । वडा अध्यक्ष बासु श्रेष्ठको अध्यक्षतामा भएको प्रतियोगीता उद्घाटन कार्यक्रममा भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धर,उपमेयर कमला बस्नेत,नेकपा एमाले दोलखाका सल्लाहकार परिषद कमिटीका अध्यक्ष शङकलाल श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका अध्यक्ष विष्णु श्रेष्ठ,नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेल,पत्रकार सर्मिला बुढाथोकी र खेल संयोजक रवि बस्नेतले मन्तव्य व्यक्त गर्नुभएको थियो । भीमेश्वर नगरपालिका वडा नम्वर ५ को आयोजना तथा बुढाभीमसेन सिर्जनसील क्लव र भिजन युथ क्लब वडा नम्वर ५को व्यवस्थापनमा भएको प्रतियोगीतामा जिल्लाको भीमेश्वर र जिरी नगरपालिकाका १६ वटा माध्यामिक विद्यालयका १८ वटा टिमको सहभागी रहेको खेल संयोजक रवि बस्नेतले जानकारी दिनुभयो । आगामी माघ ४ गतेसम्म सञ्चालन हुने प्रतियोगीतामा विजेता टिमलाई ७५ हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र तथा उपविजेता टिमलाई ४५हजार रुपैयाँनगद,ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।