Thursday, January 15, 2026

जनमैत्री वन ऐन ल्याउछौँ ः बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री केसी


अगेनो न्यूज ः पुस ३०- बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भरतबहादुर केसीले मन्त्रालयले जनमैत्री वन ऐन ल्याउने बताउनुभएको छ । दोलखा सदरमुकाम चरिकोटमा आयोेजना भएको प्लाष्टिकजन्य फोहोरमैला न्यूनीकरणका लागि सरोकारवालाको भुमीका सम्वन्धी अन्तरक्रिया कार्यक्रममा बोल्नुहुदैँ मन्त्री केसीले‘दिगो वन व्यवस्थापन गर्न शुसासन कायम गर्दै वनलाई उद्यम, जनता र आम्दानीसँग जोड्न आवश्यक भएकाले मन्त्रालयले जनमैत्री वन ऐन ल्याउन लागेको बताउनुभयो । डिभिजन वन कार्यालय दोलखा,भीमेश्वर नगरपालिका,जनस्वास्थ्य कार्यालय दोलखा र मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्थाहरु दोलखाको सहकार्यमा ग्लोवल ह्यान्ड्स दोलखाले कार्यक्रम आयोजना गरेको हो । ग्लोवल ह्यान्ड्स दोलखाका अध्यक्ष राजकुमार ढुङगेलको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत,भीमेश्वर नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष स्टालिङ श्रेष्ठ,डिभिजन वन कार्यालय दोलखाका प्रमुख अनिल रेग्मी,मिलिजुली कालिन्चोक बच तथा ऋण सहकारी संस्थाहरुका अध्यक्ष कृष्ण बहादुर गौतम लगायतले प्लाष्टिकजन्य फोहोरमैला न्युनीकरण गर्नका लागि नागरिकहरु र व्यापारीहरुलाई सचेताना अभिबुद्धि गराउने पर्ने बताउनुभयो । सरकारी तथा गैर सरकारी संघ संस्थाहरुमा प्लाष्टिक जन्य फोहोरमैला व्यवस्थापनका लागि अपनाईएका विधिहरुको बारेमा समेत छलफल गरिएको थियो भने ग्लोवल ह्यान्ड्स दोलखाका कोषध्यक्ष शंकर पाठकले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । 


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like