Thursday, January 15, 2026

मोटरसाइकलबाट लडेर दोलखाको जिरीमा एक महिला घाइते


अगेनो न्यूज ः पुस ६- दोलखाको जिरी नगरपालिका वडा नम्वर ६ हाटडाँडास्थित भित्री सडक खण्डमा मोटरसाइकलबाट लडेर महिला घाइते हुनुभएको छ । जिल्लाको जिरी नगरपालिका वडा नम्वर ४ सिउरानीबाट हाटडाँडातर्फ आउँदै गरेको बा ७० प ६०३७ नम्बरको मोटरसाइकलको अगाडि अचानक कुकुरले बाटो काट्न खोज्दा चालकले एक्कासि ब्रेक लगाउने क्रममा मोटरसाइकलबाट लडेर ३६ वर्षीया बिमली शेर्पा घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । घाइते शेर्पाको हाल जिरी अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकोे छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like