- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ःकात्तिक २२- दोलखामा आज मोटरसाईकलको ठक्करबाट एक जना पैदल यात्री बालक घाईते हुनुभएको छ । जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्वर ८ हिले स्थित लामोसाघुं जिरी सडक खण्डमा काठमाण्डौंबाट जिरीतर्फ आउँदै गरेको जिरी नगरपालिका वडा नम्बर ५ का ४५ वर्षिय अमर जिरेलले चलाउनु भएको बागमती प्रदेश ०२०२९ प २६२६ नम्वरकोको मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिदाँ भीमेश्वर नगरपालिका वडा नम्वर ८का १२ वर्षिय मनोज तामाङ घाइते हुनुभएको हो । घाईते तमाङको उपचार भई रहेको छ भने ठक्कर दिने मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।