Sunday, November 9, 2025

अर्थभुमी साकोस दोलखाको अध्यक्षमा श्रेष्ठ निर्वाचित


अगेनो न्यूज ःकात्तिक २३– दोलखाको सदरमुकाम चरिकोटमा रहेको अर्थभुमी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा रामकृष्ण श्रेष्ठ चयन हुनुभएको छ । सहकारी संस्थाको १० औ बार्षिक साधारण सभाले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो । सहकारी संस्थाको नयाँ सञ्चालक समितिको उपाध्यक्षमा बासुदेव दहाल,सचिवमा रिता रिमाल,कोषाध्यक्षमा सन्तोष राउत चयन हुनुभएको छ भने सदस्यहरुमा बासु थापा,गुणराज सुबेदी,प्रशुराम जोशी,यज्ञ प्रसाद सापकोटा र मनोज खत्र्री चयन हुनुभएको छ । नयाँ संचालक समितिको निर्विरोध चयन हुनुभएको हो । त्यसैगरी साधारण सभाले प्रदिप शिवाकोटीको संयोकत्वमा ३ सदस्यीय लेखासुवरिवेक्ष समिति चयन गरिएको छ । समितिको सदस्यमा ईश्वर राउत र प्रमिला श्रेष्ठ चयन हुनुभएको छ । सस्थाको १० औ बार्षिक साधारणको जिल्ला बचत तथा ऋण सहकारी सघका अध्यक्ष भुमिराज खड्काले एक कार्यक्रम विच उद्घाटन गर्नुभएको थियो ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like