Thursday, January 15, 2026

भक्तपुरको वासिङ सेन्टरमा काम गर्ने दोलखाका एक मजदुरको मृत्यु


अगेनो न्यूज ः पुस ६- भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्वर १ स्थित सिद्धार्थ पेट्रोल पम्प नजिकै वासिङ सेन्टरमा काम गर्ने दोलखाका एक मजदुरको मृत्यु भएको छ । शनिबार साँझ गाडी धुने क्रममा बेहोस भएका दोलखाका  २८ वर्षीय महेश नेपालीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ  । काम गर्ने क्रममा जिल्लाको  भीमेश्वर नगरपालिका चरिकोट घर भएका नेपालीको घाईते हुनुभएको थियो घाईते नेपालीको उपचारको क्रममा सिनामंगलस्थित केएमसी अस्पतालमा मृत्यु भएको हो । पोस्टमार्टम रिपोर्टको आधारमा थप अनुसन्धान अघि बढाइने भक्तपुर प्रहरीले जनाएको छ । 


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like