Thursday, January 15, 2026

ज्यान कसुर सहित आठ पटक मुद्दा चलाईएका दोलखाका थामी ९ औैँ पटक चोरी कसुरमा प्रकाउ


अगेनो न्यूज ः पुस २४- विभिन्र कसुरमा आठ पटक सम्म मुद्दा चलेका दोलखाका एक जना सहित दुई जना  चोरी कसुरमा प्रकाउ पर्नुभएको छ । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्वर ८ खारेका २३ वर्षीय अब्राहम थामी चोरी कसुरमा नवौं पटक पक्राउ पर्नुभएकोे होे ।उहाँसँगै मोटरसाइकल चोरी आरोपमा प्रहरीले दोलखा कै बिगु गाउँपालिका वडा नम्वर ८ का २३ वर्षीय गोविन थामी पनि प्रकाउ पर्नुभएको छ । १५पुसमा  काठमाण्डौँको तीनकुनेमा पार्किङ गरेर राखेको बा प्र ०२–०२३ प ६२०७ नम्बरको पल्सर र सोही दिन सिनामंगलमा पार्किङ गरेको बा.प्र ०२–००२ प०८५९ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।त्यसपछि अनुसन्धानमा खटिएको टोलीले उहाँहरुलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिनुभयो । पक्राउ परेका मध्ये अब्राहम २०७६ देखि अहिले सम्म आठ पटक मुद्दा चलिसकेको भेटिएको छ । २०७६ मा चोरी तथा डाँका,अभद्र र चोरी गरी तीन पटक तीन फरक ठाउँबाट मुद्दा चलेको भेटिएको छ। २०७७ मा तीन तीन फरक ठाउँबाट चोरीको कसुरमा मुद्दा चलेको भेटिएको छ । २०८० मा भने दोलखाबाट सवारी ज्यानको कसुरमा मुद्दा चलेको भेटिएको छ । पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like