- by agenonews
- Jul 23, 2025
अगेनो न्यूज-भदौ २ गते
जनसचेतन बचत तथा ऋण सहकारी संस्था दोलखाले गत आर्थिक वर्ष ४ सय १३ जनालाई विभिन्न शिर्षकमा रकम प्रदान गरेको छ । जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्वर ५ मैनापोखरीमा मुख्य कार्यालय रहेको देशकै नमुना जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०८२÷०८३ मा विभिन्न शिर्षका सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत ४ सय १३ जनालाई रकम प्रदान गरेको छ । सहकारीले गत आर्थिक वर्ष १ सय ४७ जनालाई आजिवन सहारा भत्ता प्रदान गरेको छ भने साकोसले स्वास्थ्य उपचार १४ जना, सुत्केरी स्याहार खर्च ६४ जना, सामाजिक संस्कार खर्च ६१ जना, सदस्य सुरक्षाकोष ५६ जना, प्राकृतिक प्रकोप सहयोग ४ जना र स्वास्थ्य विमा प्रिमियम खर्च ६४ गरी ४ सय १३ जनालाई रकम उपल्बध गराईएको सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त शिर्षकमा साकोसले गत आर्थिक वर्ष २५ लाख ६ हजार ५ सय रुपैयाँ रकम खर्च भएको छ । सहकारीमा हाल कुलपुँजी २ अर्ब ५९ करोड ५४ लाख ७३ हजार ५ सय ४९ रुपैयाँ ५१ पैसा रहेको छ ।