Wednesday, August 26, 2026

दाजुभाइको सहकार्यले उत्कृष्ट बनेको के.सि सोप एन्ड केमिकल इन्डस्ट्रीज


अगेनो न्यूज : साउन २६,  दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नम्बर ७ मा जन्मिएका  बाबुराम के सि उत्तर केसि र अर्जुन  केसिले आफ्नै जन्मथलोमा केहि गरौं भन्ने उद्देश्यले २०७७ सालमा स्थापना गर्नुभएको के सि सोप एन्ड केमिकल इन्ड्रस्ट्रीज प्रा.लि ले अहिले पुर्वी पहाडी बस्तिहरुमा आफ्नो छुट्टै पहिचान बनाएको छ । विभिन्न तौल र आकारका आकर्षक साबुन उत्पादन तथा बिक्री गरिरहेको यस उद्योगले मासिक १ टन भन्दा बढि विभिन्न तौलका साबुन उत्पादन गर्ने गरेको छ ।  स्थानीय स्तरमा १ दर्जनभन्दा बढीलाई रोजगार दिदै आएको यो कम्पनीले इच्छा शक्ति, निरन्तरता र लगाव भयो भने सफल हुन सकिन्छ भन्ने उदाहरण पेश गरेको छ  ।  १२ रोपनी जग्गामा फैलिएको यश कम्पनीको सुरुको लागानी, ४.५ करोड बाट सुरु गरे पनि अहिले १० करोड भन्दा बढी रहेको  छ । 

हाल उद्योगले भाडा माझ्ने रु.१० र रु. २० पर्ने दुई किसिमको र लुगाधुनेमा 4X, कल्की र पुर्खा जस्ता फरक मूल्यका साबुनहरु  उत्पादन गरिरहेको छ । 

भारत तथा नेपालको तराइबाट कच्चापदार्थ ल्याएर प्रशोधन गरि साबुन उत्पादन तथा  वितरण गर्ने यो कम्पनिले सस्तो मूल्यमा उत्कृष्ट उत्पादन उपभोक्तामाझ पुर्याइरहेको छ । एकै परिवारका तीन दाजुभाइ मिलेर संचालित यस उद्योगबाट उत्पादित साबुनले बहुराष्ट्रिय कम्पनिसङ प्रतिस्पर्धा गरिरहेको छ । 

यस उद्योगको  दोलखा, सिन्धुपाल्चोक , रामेछाप , ओखलढुंगा र राजधानी आसपासका जिल्लामा यसको बजार रहेको छ ।   9851181972, बबुराम के सि

Super Admin

agenonews

Please Login to comment in the post!

you may also like