- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ः पुस २३- नेकपा एमालेले दोलखाको पार्टी इन्चार्जको जिम्मेवारी नेकपा एमालेका केन्द्रि सदस्य पार्वत गुरुङले पाउनुभएको छ ।नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकले पार्टीको केन्द्रिय सदस्य समेत रहनु भएको गुरुङलाई दोलखा पार्टी इन्चार्जको जिम्मेवारी दिएको हो ।दोलखामा यसअघि गुरुङ नै इन्चार्ज रहनुभएको थियो । इन्चार्जको जिम्मेवारी पाउनुभएका गुरुङ दोलखाबाट दुई पटक प्रतिनिधी सभाको सांसद भई सक्नु भएको छ भने सुचना तथा संचार मन्त्री सरकारको प्रवक्ता समेत भएर काम गरी सक्नु भएको छ । हाल पार्टीको केन्द्रिय सदस्य रहनुभएको गुरुङ विभिन्न विभागहरुमा रहेर सफलता पुर्वक काम गरी सक्नु भएको छ ।