Thursday, January 15, 2026

चरिकोट मन्थली सडक खण्डमा ट्रक दुर्घटना हुदाँ एक जना घाईते


अगेनो न्यूज ः पुस २१- दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर १ कालीदह स्थित चरिकोट मन्थली सडक खण्डमा सोमबार राती ट्रक दुर्घटना हुदाँ एक जना घाईते हुनुभएको छ । चरिकोटबाट मन्थलीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख २९५६ नम्बरको ट्रक अचानक अनियन्त्रित भई तल खसेर पल्टिएर दुर्घटना हुदाँ एक जना घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएकोछ । उक्त दुर्घटनामा रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्वर ५ का ३५ वर्षीय चालक बलराम बस्नेत घाइते हुनुभएको हो । बस्नेतको चरिकोटमा रहेको च्छो–रोल्पा अस्पतालमा उपचार भई रहेको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like