- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ःकात्तिक २३–नेकपा एमालेको अभिभावकको रूपमा रहनु भएको राष्ट्रवादी नेता केपी शर्मा ओली नै वर्तमान नेपालको राजनीतिक नेतृत्वमा र पार्टीको अध्यक्षमा रहिरहनु पर्ने नेकपा एमाले दोलखाको बैठकले ठहर गरेको छ । जिल्लाको सदरमुकाम चरिकोटमा बसेको पार्टीको सचिवालय र जिल्ला कमीटीको बैठकले उक्त ठहर गरेको हो । बैठकले अवैधानिक र अलोकतान्त्रिक बाटोबाट विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापना गर्न माग गरेको छ भने नियोजित र षड्यन्त्रपूर्वक गैरकानूनी तवरले बनेको वर्तमान सरकारबाट घोषणा गरेको निर्वाचन जेलबाट भागेका कैदी, लुटिएका हातहतियार र भदौ २३ र २४ गतेको आगजनी तोडफोड,लुटपाट जस्ता घटनाहरुमा सङ्लग्न अपराधीहरू कानूनी कारबाहीको दायरामा नआई सकेको हुँदा यो निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित हुन नसक्ने नेकपा एमालेको ठहर रहेको नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले पत्रकार सम्मेलनमा मार्फत जानकारी गराउनुभयो । बैठकले कम्युनिष्ट एकताको नाममा आ–आफ्नो पार्टीको दाहसंस्कार गर्दै विसर्जनको यात्रामा सहभागी हुन नचाहने दोलखा जिल्लाका समाजवादी र माओवादी केन्द्रका इमानदार, मेहेनती¸कर्मठ कम्युनिष्ट नेता तथा कार्यकर्ताहरुलाई नेकपा एमालेको गौरबशाली घरमा फर्कन अनुरोध समेत गरेको छ । पार्टीले यसअघि शुरू गरेको सुशासन र भ्रष्टाचार रहित जिल्ला निर्माण गर्ने अभियानलाई निरन्तरता दिइने, असोज र कात्तिक महिनामा परेको वर्षाले जिल्लाको कृषि क्षेत्रमा ठुलो असरपरी कृषकहरुको अन्नबाली नष्ट भएकाले उक्त क्षतीको मूल्याङ्कन गरी किसानहरुलाई तत्काल राहत उपलब्ध गराउन स्थानीय,प्रदेश र संघिय सरकारसँग माग रेको छ भने गौरीशङ्कर संरक्षण क्षेत्र र त्यस आसपासका गाउँ बस्तीहरुमा वन्यजन्तुको आक्रमणका कारणले नागरिकका ज्यान समेत गएको र बालीनाली तथा नागरिकको सम्पत्ति क्षति भई जनजीवन त्रासदिपूर्ण भईरहेकाले सम्बन्धित निकायलाई वन्यजन्तु नियन्त्रण गरी नागरिकको सुरक्षा र क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ ।जेनजी आन्दोलनका नाममा केहि अराजक र अपराधी समूहले पर्यटकीय क्षेत्र कालिञ्चोकमा रहेको कालिञ्चोक केवल कारमा आक्रमण तथा तोडफोडको घटना अत्यन्तै निन्दनीय र अपराधिक कार्य भएको नेकपका एमाले दोलखाले जनाएको छ । जिल्लाका नेता तथा कार्यकर्ताहरूको सम्पतिमा आगजनी,तोडफोड गरी क्षति पुर्याउने कार्यमा सङ्लग्नहरुलाई तत्काल कानूनी कारबाही गर्न बैठक माग गरेको छ ।नेकपा एमाले दोलखका अध्यक्ष नर बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका पोलिटव्युरो सदस्य एंव दोलखाका ईञ्चाज पार्वत गुरुङ, केन्द्रीय सल्लाहकार परिसद सदस्य डवल पाण्डे,प्रदेश कमीटीका सदस्य भरत बहादुर केसी उपाध्यक्ष राजेन्द्र मानन्धर,उपसचिव हरि ओली र कमला बस्नेत लगायतका नेता तथ कार्यकर्ता सहित पत्रकारहरुको सहभागीता रहेको थियो ।